काठमाडौं । नेपाली बजारमा टीभीएस अपाचे आरटीआर २०० ४ भी यूएसडी मोटरसाइकल सार्वजनिक भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रम आयोजना गर्दै उक्त मोटरसाइकल बिक्री सुरू गरेको हो ।
कम्पनीले अपाचे आरटीआर २०० ४भी यूएसडीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ । कम्पनीले नयाँ आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध गराएको छ ।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा रिफाइन्ड इन्जिन र सहज प्रदर्शनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्ट सहितको टीएफटी डिस्प्ले, ड्युअल–च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन्।
यी विशेषताले यस मोटरसाइकललाई प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजनका रूपमा प्रस्तुत गरेको छ। यस मोटरसाइकलमा तीन राइड मोड रहेका छन्। दैनिक यात्राका लागि अर्बन मोड, मोटरसाइकलको रोमाञ्चक प्रदर्शन अनुभव गर्न स्पोर्ट मोड, र ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न सक्नेछन्।
टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले अपाचे २०० ४भी यूएसडीको मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन रहेको बताए ।
‘अपाचे २०० ४भी यूएसडीको मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन हो। यसका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्छ,’ उनले भने ।

