एनपीएलमा रिजन ढकालले पाए जेको जे फाइभ प्रो

काठमाडौं । चितवन राइनोजका युवा बलर रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा कार पाएका छन् ।

उनी एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै जेको जे फाइभ प्रो कार पाएका हुन् । उक्त कार नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स उपलब्ध गराएको हो ।

एसपीजीले एनपीएलको पहिलो सिजनदेखि नै प्रतियोगिताकाे सर्वोत्कृष्ट खेलाडीलाई कार उपलब्ध गराउँदै आएको छ । पहिलो सिजनमा दीपेन्द्र सिंह ऐरी र दोस्रोमा रोहित कुमार पौडलले कार पाएका थिए ।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका ढकालले पल्सर एनएस १६० मोटरसाइकल र २ लाख रुपैयाँ नगद समेत पाएका छन् । उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।

त्यस्तै, प्रतियोगितामा धेरै रन (२४२) बनाएका नेपाली खेलाडी विराटनगर किंग्सका लोकेस बमले बजाज पल्सर एनएस १६० मोटरसाइकल पाए ।

इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट बनेका जनकपुर बोल्टसका राहुल यादवले पनि मोटरसाइकल पाए ।

यस्तो छ जेको जे फाइभ प्रो

मिनी रेन्ज रोभर भनेर चिनिने प्रिमियम एसयूभी जेको जे फाइभ आकर्षक डिजाइन, फिचर लोडेड र शक्तिशाली छ ।

यसमा १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ । जसले २८८ न्यूटन मिटर टर्क प्रदान गर्छ । जे फाइभ प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ४०५ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

जे फाइभ प्रोको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स १८५ एमएम छ ।

यसको इन्टेरियर निकै आकर्षक र फराकिलो छ । क्याबिनमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १३.२ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम छ । यसमा पानोरामिक ग्लास रूफ, एप्पल कारप्लेरएन्ड्रोइड अटो, ५० वाट वायरलेस मोबाइल चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, फ्रन्ट सिट भेन्टिलेसन, पावर टेलगेट र ३६० डिग्री क्यामेरा लगायत सुविधा छन् ।

जे फाइभ प्रोमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, अटो होल्ड, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाष्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइण्ड स्पट मोनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट लगायत सुविधा भएको एडास फिचर छन् ।

जे फाइभ प्रोको स्वामित्वको अनुभवलाई अझ विश्वसनीय बनाउँदै कम्पनीले यसमा ११ वर्ष वा २,४०,००० किलोमिटर सम्मको विस्तारित वारेन्टी दिएको छ ।


Back_to_top