टाटा इलेक्ट्रीक एसयूभी निर्माणमा आक्रमक, नयाँ कन्सेप्ट ‘सियरा’ सार्वजनिक

नोयोडा । भारतीय प्रसिद्ध मोटर कम्पनी टाटा मोटर्सले हिजोबाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्नो नयाँ इलेक्ट्रीक भेहिकल सियराको कन्सेप्ट डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले सियारा इभी आफ्नो इम्प्याक २.० डिजाइन कन्सेप्टमा विकास गरेको हो ।

टाटाको पीकअप ट्रक टेल्कोलाईनको आधारमा विकास गरिएको यस एसयूभीमा बी पील्लर पछाडि ठूलो ग्लासहरुको प्रयोग गरिएको छ । जुन माथि छतसम्म पुगेको देख्न सकिन्छ । अगाडिबाट हेर्दा धेरैमात्रामा टाटाको एचटु एक्स कन्सेप्टमा बनाएको पनि भान हुन्छ । सियरामा एचटुएक्सको जस्तै लाइट सेटअप र ग्रिलको प्रयोग गरिएको छ ।

पछाडि पट्टिबाट हेर्दा ठूलो वाइड साइजको एलइडी टेललाईट र टेलगेटमा ठूलो अक्षरले ‘सियरा’ नामको व्याजिङ दिएको छ । टाटाले आधिकारीक रुपमा केही नभनेको भएपनि सन् २०२२ सम्ममा यो इभी बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसको पोजिसनीङ नेक्सन इभी र टाटा ह्यारीयर (नेपालमा एचफाइभ) को बीचमा गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top