टोयोटाले आफ्नो चर्चित कम्प्याक्ट ह्याचव्याक यारिसमा आधारित सब फोर मिटर एसयूभी जेनेभा मोटर शो २०२० मा सार्वजनिक गर्ने भएको छ । यसलाई कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ‘सिएच–आर’ भन्दा कम मूल्य राखेर बिक्री गर्ने जनाइएको छ ।
टोयोटाले यसलाई बि सेग्मेन्ट एसयूभीको रुपमा आन्तरिक तयारी गरेको अटोकार यूकेले उल्लेख गरेको छ । टोयोटाले यसलाई आफ्नो फ्रान्समा रहेको प्लान्टबाट उत्पादन गर्ने जनाएको छ ।
कम्पनीले यसको अफिसियल टिजर सार्वजनिक गर्दै यो नयाँ एसयूभी फोर ह्वील ड्राइभ अप्सनमा आउने जनाएको छ । कम्पनीले यसलाई आफ्नो मोडुलर टिएनजीए–बी आर्किटेक्चर प्ल्याटफर्ममा तयार गरेको हो ।

टोयोटाले नयाँ एसयूभीमा १.० लिटर र १.५ लिटर पेट्रोल इन्जिनको साथमा हाइब्रिड टेक्नोलोजिको प्रयोग गर्ने जनाएको छ ।
नयाँ एसयूभीको बिक्री टोयोटाले यूरोपियन बजारबाट सुरु गर्नेछ भने त्यसपछि क्रमिक रुपमा अन्य बजारमा लाने अनुमान गरिएको छ ।


