जयपुर । आफ्नो नयाँ मोडल हिरो एक्स्ट्रीम १६० आर र बीएस ६ मापदण्डमा आधारित हिरो ग्ल्यामर सार्वजनिक पछि कम्पनीले ५०० सीसीभन्दा कम क्षमताको एडभेञ्चर मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यो प्रटोटाइपमा केही पार्टसमात्र देखाउन खोजिएपनि नयाँ मोटरसाइकल कस्तो बन्नेछ भन्ने सहजै आँकलन गर्न सकिने किसिमको रहेको छ । कम्पनीले नयाँ मोडरसाइकल रोयल इन्फिल्ड र केटीएमसँग प्रतिस्पर्धा गर्नेगरि ल्याउने तयारी गरेको अनुमान लगाउन सकिन्छ ।
कम्पनीले यसमा दिइने इन्जिनको विषयमा केही जानकारी नदिएपनि ३५० देखि ४०० सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड हुने अनुमान गरिएको छ । हिरोले नयाँ मोटरसाइकलको अगाडि इन्भर्टेड टेलिस्कोपिक र पछाडि मोनोशक दिएको छ ।
अफरोडलाई प्राथमिकतामा राखेर तयार भएको प्रोटोटाइपमा अगाडिको ह्वील २१ इन्च र पछाडिको ह्वील १८ इन्चको प्रयोग गरिएको छ ।
यसको प्रडक्सन भर्सनमा सबै लाइटहरु एलइडी, इनव्यूल्ट फुल डिजिटल डिस्प्ले, टर्न वाई टर्न नेभिगेशन, हिरो कनेक्ट प्याकेज लगायतका विशेषता रहने अनुमान गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्: यस्तो छ हिरोको एक्सपल्स २०० र्याली किट भर्सन
यो पनि पढ्नुहोस्: हिरोले ल्यायो १६० सीसीको नयाँ मोटरसाइकल (फोटो फिचरसहित)

