जयपुर । हिरो मोटो कर्पले आज भारतको जयपुर सहरमा एक कार्यक्रम आयोजना गरि नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले १६० सीसी क्षमताको हिरो एक्स्ट्रीमलाई मिडिया सार्वजनिक कार्यक्रम गरेको हो ।
एक्सपल्सको बिक्रीबाट उत्साहित हिरोले आफ्नो रेगुलर १५० सीसी क्षमताको एक्स्ट्रीम बन्द गर्दै अल न्यू मोडलको रुपमा एक्स्ट्रीम १६० आर ल्याएको हो ।

नयाँ एक्स्ट्रीममा १६० सीसी एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इनिजनले ८५०० आरपीएममा १५ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यो नयाँ मोटरसाइकलले ० देखि ६० किलोमिटरको स्पीड केवल ४.७ सेकेन्डमा भेट्टाउने छ ।

कम्पनीले यसको नारा ‘यूथ फुल स्टाइलिङ’ नाराको साथ आएको यो मोटरसाइकलमा निकै लाइट वेट ह्वील प्रदान गरेको छ । कम्पनीले आगामी मार्चबाट बिक्री वितरण सुरु गर्ने जनाएको छ ।
यो पनि पढ्नुहोस्: यस्तो छ हिरोको एक्सपल्स २०० र्याली किट भर्सन






