काठमाडौं । टाटा मोटर्सको नेपालका लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा नेक्सनको खरिदमा व्यापक उपहार दिने घोषणा गरेको छ । कम्पनीले ल्याएको उक्त योजना रातो रङको नेक्सनको खरिदमा मात्र लागु हुने जनाएको छ ।
कम्पनीले एक हप्तासम्म यो अफर योजना संचालन गर्ने जनाएको छ । उक्त योजना अन्तर्गत रातो कलरको नेक्सन खरिद गर्ने ग्राहकले वान प्लस ७ टी मोवाइल फोन, सामसुङ्गको ४० इन्च एचडी टिभी, वासिङ्ग मेसिन तथा डबलडोर रेफ्रिजेरेटर मध्ये कुनै एउटा उपहार रोजेर रोजेर लैजान पाउने छन् ।
कम्पनीले यो योजना आज बुधबारदेखि आगामी बुधबार (१४ फाल्गुन)सम्मको लागि मात्र लागु हुने जनाएको छ ।
टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । निकै आकर्षक बडी र निकै आरामदायी इन्टेरियर रहेको नेक्सन नेपाल सडकमा बाक्लो उपस्थिति जनाउन सफल भएको छ ।
उच्च २०९ एमएमको ग्राउन्ड क्लियरेन्स र डियुल फ्रन्टल एयरब्याग स्टायडर्ड भेरियन्टमा उपलब्ध नेक्सन पाँच भेरियन्टमा उपलब्ध रहेको छ ।

