पल्सर एनएस १६० मा व्यापक परिमार्जन

काठमाडौं । बजाज पल्सर एनएस १६० नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा आउने भएको छ । नयाँ एनएस १६० मा एफआई इन्जिनको साथमा पहिलेभन्दा उत्कृष्ट थ्रोटल रेस्पोन्स सहित आउने पक्का भएको हो ।

कम्पनीले यसमा १६०.३ सीसी सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, फियुल इन्जेक्सन इन्जिन दिएको छ । उक्त इन्जिनले १६.३ पीएस पावर जेनेरेट गर्छ । यो पहिलेभन्दा ०.८ पीएस पावर बढी हो । अहिलेसम्म सबै कम्पनीले प्रदुषण मापदण्ड अपग्रेड गर्दा केही पावर घटेको थियो । तर, बजाजले यसमा भने केही पावर बढाउन सफल भएको छ ।

डायमेन्सनमा पनि केही हल्का फुल्का परिमार्जन गरिएको छ । नयाँ मोटरसाइकललको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाई १०६० एमएम रहेको छ भने यसको ह्वीलवेस १३७२ एमएम रहेको छ ।

इन्जिन बाहेक यसका अन्य फिचरमा खासै परिमार्जन गरिएको छैन । यसमा हेलोजीन हेडलाइट, सेमी डिजिटल इन्ट्रुमेन्टल कन्सोल, मस्कुलर फियुल ट्याङ्क, स्प्लीट सिट, स्प्लीट रियर ग्रायाव रेल, इन्जिन कौल, अलोय ह्वील, अगाडि एन्टी फिक्सन बुसको साथ टेलिस्कोपिक सस्पेन्सन र पछाडि निट्रोक्स मोनोशक एब्जर्बर दिइएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउन अगाडि चक्कामा २६० एमएम डिस्क र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

नेपालमा पनि बजाजको आधिकारीक वितरक एचएच बजाजले एबीएस सहितको एनएस पल्सर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । तर, नेपालमा बिक्री हुँदै आएको पल्सर एनएस १६० भारतीय प्रदुषण मापदण्ड बीएस ४ अनुसारको हो ।


Back_to_top