काठमाडौं । अहिले कोनोना (कोभिड १९) को आतंक विश्वभर फैलिएको छ । चीनबाट फैलिएको कोरोनाको असर नेपालको हरेक क्षेत्रमा पर्न सुरु भएको छ । यस्तोमा यसको असर अन्तर्राष्ट्रिय गाडी उत्पादक कम्पनीहरुमा पनि पर्नु सामान्य मान्न सकिन्छ ।
अहिलेसम्मको प्रारम्भिक आँकडा अनुसार कोरोना भारइरसका कारण चीनको अटोमोमाइल बजारमा ठूलो गिरावट आएको छ भने, चीन विश्वकै ठूलो अटो कम्पोनेन्ट उत्पादक भएकाले यसको उत्पादनमा समेत उच्च गिरावट आएको छ ।
चीनमा अटो पार्टसको उत्पादन बन्द भएसँगै त्यसको असर संसारभरका गाडी उत्पादक कम्पनीहरुमा पर्न सुरु भएको हो । चाइना एसोशिएशन अफ अटोमोवाइल म्यनुफ्याक्चर्रका अनुसार जनवरीमा १८ प्रतिशतले घटेको चिनियाँ अटोबजार फेब्रुअरीमा करिब २५ प्रतिशतले घटेको अनुमान गरिएको छ ।
अब कोरोनाको असर चीनमा मात्रै नभएर इटली, स्पेन, अमेरिका, जापान, दक्षिण कोरिया जस्ता अटोमोवाइल उत्पादनमा अग्रणी देशमा परिसकेको छ भने, त्यहाँको अटोबजारमा निकै ठूलो संकट देखिन सुरु भएको छ ।
चीनमा ३२ प्रतिशत क्षमतामा मात्रै उद्योग संचालन
चिनियाँ अटोमोवाइल उद्योगहरु क्षमताको ३२ प्रतिशतमा मात्रै संचालन भइरहेका छन् । यसले समग्र अटो क्षेत्रमा व्यापक गिरावट आउने निश्चित प्रायः रहेको छ । अहिले चीनमा होन्डा, निसान, रेनो, जनरल मोटर्स जस्ता कम्पनीले आफ्नो उत्पादनको करिब ४८ प्रतिशत उत्पादन चीनमा गर्ने गरेको २०१९ को तथ्यांकले देखाएको छ ।
यी कम्पनीका अलावा फक्सवागन, हुन्डाई, अउडी लगायतका कम्पनीको उत्पादन पनि चिनमा ठूलो मात्रामा हुने गरेको छ ।
पार्टसको अभाव र इलेक्ट्रीकमा धक्का
अन्तर्राष्ट्रिय गाडी उत्पादकले प्रयोग गर्ने पार्टको अभाव संसारभर पर्ने आँकलन सुरु भएको छ भने, इलेक्ट्रीक गाडीलाई आवस्यक पर्ने व्याट्रीको मुख्य स्रोत रहेकाले इलेक्ट्रीक कारको सप्लाईमा ठूलो समस्या देखिन सुरु भइसकेको छ ।
यस्तोमा कोरोना भाइरसका कारण सन् २०२० मा संसारभर १५ प्रतिशत हाराहारीमा अटोमोवाइल सेक्टरको उत्पादन र बिक्री घट्ने अनुमान सुरु भएको छ ।
स्टकमा अटोमोवाइल
विश्वकै स्टक मार्केटमा कोरोना असर देखिएको छ । ठूला भनिने सबै मार्केटमा उच्च अंकको गिरावट आएको छ । त्यसमा ठूला कार निर्माता कम्पनीका सेयरमा गिरावट आएको छ । लगानी भने सुनमा धेरै हुन सुरु भएको छ । त्यसैले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
भारतमा नै हेर्ने हो भने टाटा, मारुती सुजुकी, हिरो, बजाज, अशोक लेल्याण्ड जस्ता कम्पनीको मूल्यमा भारी गिरावट आएको छ ।


