काठमाडौं । जापान सरकारले बनाइदिएको बीपी राजमार्ग उत्कुष्ट नमूना बाटोको रुपमा चिनिन्छ । यो बाटो यात्रा गर्दा मलाई सधै रमाइलो लाग्छ । मैले कयौ पटक यही बाटोमा यात्रा गरेको छु । तर, सधै प्यासेन्जर सिटमा बसेर । यस पटक भने हामी मेरोअटो टिम यो बाटोमा ड्राइभिङको अनुभव संगाल्ने सोच सहित नेपालमा बिक्री सुरु भएको दुई वर्ष पुरानो टाटा नेक्सन लिएर निस्कीएका थियौं ।
टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यसलाई सन् २०१८ फेब्रुअरीमा नेपाल ल्याएको थियो ।
यस बाटोको चौडाई निकै सानो रहेकोले मुस्किलले दुईवटा गाडी आरपार हुने अवस्था छ । ठूला गाडीलाई चलाउन रोक लगाएको भएपनि धेरै ठूला गाडी चलेको भेट्न सकिन्थ्यो । टाटा मोटर्सको गेम चेन्जर गाडीको रुपमा रहेको नेक्सन नेपालमा एकदमै सफल सब फोर मिटर एसयूभीको रुपमा रहेको छ ।
विहानैको समय बाटो खालीनै थियो । ढल्केवरबाट अगाडि बढेपछि नयाँ बाटो निर्माणको क्रममा रहेछ । धेरै स्थानमा बनिसकेको छ । हाम्रो स्पीड थियो १२० किलाेमीटर प्रतिघण्टाको । अगाडि टाढा बाटो छेउमा कुकुर देखिएको थियो । आफु नजिक आएको देखेर हर्न बजाँए झन् अगाडि नै आइपूग्यो ।
टाटा नेक्सन सुरक्षाको दृष्टीकोणले ग्लोबल एनक्याप रेटिङमा फाइभ स्टार रेटेड कार हो । अर्थात यो कार भारत निर्मित कारहरु मध्य सबैभन्दा सुरक्षीत मध्यको कार हो ।
सिन्धुलीको बाटो र गाडीमा उपलब्ध मल्टी ड्राइभ मोडले यात्रालाई रोमान्चक बनाएको थियो । फागुन १६ गते थापाथली स्थित टाटाको शोरुमबाट हाम्रो यात्रा शुरु भको थियो । यस यात्रामा हामी ४ जना सामेल भयौं । बिहान ११ तीसमा सुरु भएको यो यात्रा वानेश्वर, कोटेश्वर, बनेपा, धुलीखेल हुँदै भकुण्डेबेस मूलकोट र त्योभन्दा केही अगाडि चैनपुर भन्ने स्थानमा पूगेर रोकियो ।

लगभग समय भएको थियो दिउँसोको ३ बजे । हामी खाजा खान लाग्यौं । दिनको समय गर्मी सुरु भइसकेको रहेछ । साथीहरु चिसो बियर खाउँ भन्न थाले । आफू त चालक । हामी मेरोअटो मार्फत ‘ड्रिङ्स अर ड्राइभ डिसाईड’ क्याम्पेन गरिरहेकोले यसलाई पूर्ण रुपमा पालना गर्नेमा पर्छौ ।
खाजा खायौ ।
अनि लोकल कुखुरा खोजेर खाने निधोसहित केही फोटो सुट सुरु गरियो ।
फोटो सुटपछि होटलमा लोकल कुखुरा र खाना पकाउन लगाएर नजिककाे स्कुलमा भलिवल खेलियो । हामी ४ जना नै भलिवल खेल्न थाल्यो । दश वर्षपछि भलिबल हातमा पर्यो तर खेल्ने बानी छुटेछ हात नै दुख्यो । एक डेड घण्टा खेलेपछि रातामाटे डाँडातिर चक्कर लगाएर फर्किइयो ।
खाना खाएर करिब राति ९ः३० त्यहाँबाट हामी हिड्यौ । अब नाइट राईड पनि गर्ने भइयो । सानो बाटोमा दिनमा भन्दा राति गाडी चलाउन सजिलो र रमाईलो हुने रहेछ । राति सार्वजनिक सवारी साधनलाई प्रबेश नदिने भएर पनि होला गाडीको संख्या निकै पातलो थियो । केही आइहालेपनि रातको समयमा विपरित दिशाबाट आएका सवारीसाधनको लाइटले नै सहजै थाहा हुने थियो । त्यसमाथि हामीले चलाएको नेक्सनमा कर्नरिङ्ग हेडलाइट भएकाले टर्निङ्गहरुमा निकै सजिलो हुने रहेछ ।

खुर्कोट, सिन्धुलीगढी, कमलामाई नगरपालिका हुँदै हामी बर्दिबास पूग्यौ । घुमाउरो बाटोको यात्रा निकै रोमाञ्चक रह्यो । सिन्धुली बजारपछि बाटो असाध्यै सजिलो सिधा । रातको समयमा सिधा बाटोमा एकदमै रमाईलो भयो । नेक्सनमा दिएको स्पीड अटर्लले धेरै कुदाउनु अघि सजक गराउने रहेछ । ८० किलोमिटर प्रतिघण्टाको स्पीड क्रसगर्ने वित्तीकै बिपको साउण्ड आउँथ्यो । हाम्रो यात्रा बर्दिबाससम्म मात्र थियो पहिलो दिन ।
दोस्रो दिन विहानै ६ बजे उठेर हामी निस्क्यौ जनकपूरको यात्रामा । विहानैको समय बाटो खालीनै थियो । ढल्केवरबाट अगाडि बढेपछि नयाँ बाटो निर्माणको क्रममा रहेछ । धेरै स्थानमा बनिसकेको छ । हाम्रो स्पीड थियो १२० किलाेमीटर प्रतिघण्टाको । अगाडि टाढा बाटो छेउमा कुकुर देखिएको थियो । आफु नजिक आएको देखेर हर्न बजाँए झन् अगाडि नै आइपूग्यो । झ्याप्प ब्रेक लगाउ भनेको पछाडि अर्को कार हाम्रै स्पीडमा फलो गरिरहेको रहेछ । यतिको स्पीडको बाबजुद गाडी नियन्त्रण गर्न निकै सहज भयो । कुकुर बच्याे । नेक्सन स्टेबल रह्यो । त्यहाँबाट हामी जनकपुर पुग्यौ ।
त्यहाँ जानकी मन्दिर लगायतका स्थानमा घुमफिर गर्दै करिब ११ः३० तिर काठमाडौंको लागि निस्कियौ ।
निकै शुखद यात्रा भयो ।


