काठमाडौं । भारतले नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारका सवारीसाधन आगामी अप्रिल १ बाट अनिर्वाय गर्ने भएको छ । योसँगै बीएस ६ मापदण्डका सवारीसाधनको मूल्य ८ देखि १० प्रतिशतसम्मले बढ्ने छन् । यस्तोमा किन महंगो हुन्छ बीएस ६ मापदण्डका मोटरसाइकल भन्ने विषयमा चासो हुनु स्वभाविक हो ।
यसको पहिलो कारण हो । काबुरेटर इन्जिनको स्थानमा एफआई इन्जिन रहँदा यसको मूल्य बढ्ने छ । फ्यूल इन्जेक्सन टेक्नोलाजी (एफआई) इन्जिनसँगै यसमा प्रयोग हुने इन्जेक्टर, फ्यूल पम्प, इसीयू जस्ता कम्पोनेन्टलाई अपग्रेड गरिएको हुन्छ । बीएस६ इन्जिनले कम इन्धन बर्न गर्नुका साथै यसले बीएस ४ को तुलनमा कम प्रदुषण फैलाउने हुन्छ । यसका लागि कम्पनीले बिभिन्न प्रदुषण कम गर्ने फिल्टर प्रयोग गरेको हुन्छ । जुन कार्वुरेटर इन्जिनमा भन्दा एफआई इन्जिमा नयाँ प्रबिधिको प्रयोग कारण यो टेक्नोलोजी सुरुवातमा केहि हदसम्म महंगो पर्ने हुन्छ ।
तर, बीएस ६ इन्जिनयुक्त मोटरसाइकल केही महंगो भएपनि यसले इन्धन बचत र वातावरणमा भने निकै राम्रो गर्नेछ । यस्ता मोटरसाइकलले पहिले भन्दा करिब १५ प्रतिशत माइलेज बढी दिने छन् भने प्रदुषण कम गर्न निकै ठुलो भूमिका निर्वाह गर्ने छन् ।
कुन कम्पनी के गर्दैछन् ?
विशेषत नेपालमा धेरै बिक्री हुने मोटरसाइकल बनाउने होन्डा, हिरो, बजाज, टीभीएस र यामाहाले आफ्ना मोडलहरुमा एफआई इन्जिन दिने तयारीलाई लगभग पुरागरि सकेका छन् ।
बीएस ६ इन्जिनमा पहिलोको तुलनामा किन पावर घट्छ ?
अहिलेसम्म बीएस ६ इन्जिनमा अपग्रेड भएका मोटरसाइकलको पावर भने केही घटेको छ । यसमा बजाजले पल्सर एनएस १६० मा भने केही पावर बढाएको छ । अन्यथा अन्य सबै मोडलको पावरमा केही कमी आएको छ ।
यसो हुनुको मुख्य कारण मूल्यमा कम बढोत्तरी गर्न रहेको बताइन्छ । कम्पनीहरु पावर बढाउने भन्दा आफ्ना उत्पादनलाई नयाँ मापदण्ड अनुसारको बनाउन लागिपरेको कारण पावर घटेको बताइन्छ ।
यसमा सामान्य बुझाई के छ भने पावर र पर्फमेन्स बढाउन लगानी बढाउनु पर्ने हुन्छ । जसले हरेक उत्पादनको मूल्य बढ्न जान्छ । त्यसैले कम्पनीहरुले धेरै मूल्य बढ्ने भएपछि यसको पावरमा ध्यान नदिएका हुन् सक्नेछन् ।


