काठमाडौं । जापानी अटो मेकर माज्दाले नेपालमा रहेको डिलरबाट पद्म श्री प्रालिलाई हटाएर नयाँ डिलर आवेदन माग गरेको छ । माज्दा मोटर्स कम्पनीले आज एक विज्ञापन प्रकाशन गर्दै नेपालको लागि डिस्टीव्यूटर खुल्ला गरेको हो ।
पद्म श्री प्रालि रोहिणी थपलियाको कम्पनी हो । उनि नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत हुन् ।
जापानी प्रिमियम ब्राण्ड माज्दा विश्वमै चर्चित ब्राण्डको रुपमा रहेको छ । कम्पनीले उत्पादन गरेका प्रिमियम कार र एसयूभीहरु निकै चर्चामा रहेको ब्राण्डमा पर्छ । यद्यपी विगत लामो समयदेखि गाडी बिक्री गर्दै आएको भएपनि राम्रो व्यापार गर्न सकिरहेको छैन ।
अब यो ब्राण्ड नेपालमा बिक्री गर्न चाहने फर्मले नयाँ आवेदन पेश गर्न सक्ने छन् । आवेदनकर्ताले [email protected] मा इमेल गर्न सक्ने छन् ।


