भारतमा नयाँ क्रेटाको क्रेज देखियो, बुकिङ पुग्यो १० हजार यूनिट

हुन्डाई क्रेटाको क्रेज नयाँ जेनेरेशनमा पनि देखिएको छ । हुन्डाईले गतहप्ताबाट नयाँ जेनेरेशन क्रेटाको भारतमा बुकिङ खुल्ला गरेको थियो । एक हप्तामा १० हजार नयाँ क्रेटा बुकिङ भएको कम्पनीले जनाएको छ ।

आगामी मंगलबार हुन्डाईले नयाँ जेनेरेशन क्रेटा भारतमा सर्वजनिक गर्दैछ । यस्तोमा एकहप्तामा पाएको बुकिङबाट कम्पनी निकै उत्साहीत रहेको जनाएको छ ।

विशेषत नयाँ जेनेरेशन क्रेटामा ५० भन्दा बढी कनेक्ट फिचर उपलब्ध हुने जनाइएको छ ।

सुरक्षाको लागि नयाँ क्रेटाको स्टायडर्ड भेरियन्टमा डियूल एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर जस्ता फिचर उपलब्ध रहने छ । यसका अलावा कुल्ड सिट, वायरलेस चार्जिङ, सनरुफ, पावर एड्जस्टेवल ड्राइभिङ सिट र फ्ल्याट बटम स्टेरिङको विशेषता पाउन सकिने छ ।

नयाँ जेनेरेशन क्रेटा बीएस ६ इन्जिनमा उपलब्ध रहने छ । यसमा कम्पनीले किया सेल्टोसमा प्रयोग गरेको १.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन दिएको छ भने १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि नयाँ क्रेटा आउने अनुमान गरिएको छ । यसमा किया सेल्टोसको जस्तै समान म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

पहिलेको तुलनामा नयाँ क्रेटामा निकै बोल्ड एक्टेरियर दिइएको छ । स्प्लीट हेडल्याम्प सेटअपको साथमा क्यास्केडिङ फ्रन्ट ग्रिल, सम्पूर्ण एलइडी लाईट, अगाडी र पछाडि दुबै स्थानमा फ्युक्स स्कीड प्लेटले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।

साइडबाट हेर्दा यसमा प्रयोग भएको ‘स्क्वायर्ड आउट आर्क ह्वील’ले नयाँ क्रेटालाई निकै मस्कुलर देखिएको छ । भने यसमा डियुल टोन अलोय ह्वील, पछाडिको पार्टमा प्रयोग गरिएको स्प्लीट लाइट सेटअपले नयाँ क्रेटा पुरानोको तुलनामा निकै आकर्षक देखिने छ ।


Back_to_top