काठमाडौं । बजाज अटोले भारतीय बजारमा २५० सीसी क्षमताको डोमिनारकाे मूल्य सार्वजनिक गरेको छ । कम्पनीले दिल्लीमा एक्स शोरुम मूल्य १ लाख ६० हजार भारु तोकेर नयाँ डोमिनारकाे मूल्य सार्वजनिक हो ।
कम्पनीले बजाज डोमिनार ४०० को तुलनामा २५० मा ३० हजार भारु मूल्य कम गरेर बजारमा ल्याएको हो । यस्तोमा नेपाली बजारमा डोमिनार २५० करिब ४ लाख रुपैयाँ हाराहारीमा बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।
बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।
नेपालको लागि बजाजको आधिकारीक वितरक एचएच बजाजका अनुसार अबको २ महिनामा बजाज डोमिनार २५० नेपाली बजारमा पनि बिक्री सुरु हुनेछ ।


