काठमाडौं । विश्वमै सबैभन्दा धेरै मोटरसाइकल उत्पादन गर्ने मध्यको एक हिरो मोटो कर्पले आफ्ना सबै प्लान्ट बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणसँग लड्न आफ्ना सबै उत्पादन प्लान्ट बन्द गर्ने हिरो पहिलो मोटरसाइकल उत्पादक कम्पनीसमेत भएको छ ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले सबै कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्लान्ट बन्द गरेको हो । साथै कम्पनीले आफ्नो आरएनडी सेन्टरसमेत बन्द गर्दै कर्मचारीहरुलाई घरबाटै काम गर्न भनेको छ ।
कोरोना भाइरससँग लड्नभन्दै यसअघि मारुती सुजुकी, महिन्द्रा फक्सवागन, प्यूजो लगायतका कम्पनीले आ आफ्नो प्लान्ट बन्द गरिसकेका छन् ।

