यस्तो छ ७ सिट क्षमताको हुन्डाई क्रेटा

हुन्डाई मोटर्सको ७ सिट क्षमताको क्रेटा दक्षिण कोरियामा परिक्षणको क्रममा देखिएको छ । कम्पनीले यसलाई विश्व बजारमा सन् २०२१ को सुरुवातबाट बिक्री सुरु गर्ने यसअघि नै जानकारी दिएको थियो ।

यसलाई ७ सिटर क्रेटा भनिए पनि परिक्षणको क्रममा देखिएको गाडी हेर्दा लुक्समा ५ सिट क्षमताको क्रेटाको तुलनामा निकै फरक पाउन सकिन्छ । यसको अगाडिको भागमा निकै धेरै परिवर्तन देख्न सकिन्छ । यसमा क्रोम सहितको रेडिएटर ग्रिल प्रयोग गरिएको देख्न सकिन्छ । साथै यसको अगाडि भागमा पनि सेन्सर दिइएको छ ।

७ सिट क्षमताको क्रेटामा क्लिन सिल्भर अलोय ह्वील दिइएको छ । यसमा प्रयोग भएको सनरुफ पनि निकै फरक रहेको छ । ७ सिट क्षमताको साथ आउने भएकाले यसको लम्बाई रेगुलर मोडलको तुलनामा धेरै हुनेछ । यद्यपी पछाडिको रोमा धेरै ठूलो स्पेश अपेक्षा गर्न भने सकिदैन ।

यसमा तीन इन्जिन अप्सन दिइने बताइएको छ । रेगुलर मोडलमै उपलब्ध १.५ लिटर नेचुरल्ली एस्पायर्ड पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन रहने छ ।

यी मध्ये सर्वाधीक पावर १.४ लिटर टर्बो पेट्रोल इन्जिनले प्रदान गर्ने छ । उक्त इन्जिनले १४० पीएस पावर प्रदान गर्ने छ । अन्य दुबै इन्जिनले ११५ पीएस पावर प्रदान गर्ने जनाइएको छ ।

फ्रन्ट ह्वील ड्राइभ अप्सनको साथ आउने यो एसयूभी अटोमेटिक र म्यनुयल दुबै अप्सनमा आउने छ ।


Back_to_top