दमदार लुक्समा जीपको सब कम्प्याक्ट एसयूभी, भेन्यू र ब्रेजासँग टक्कर

काठमाडौं । संसारभर एसयूभीको क्रेज बढ्दो क्रममा रहेको छ । यस्तोमा हरेक साइजमा एसयूभी बजारमा आइरहेका छन् । यस्तोमा विश्वमै एसयूभी बनाउन चर्चित कम्पनी जीपले सब फोर मिटर साइजमा एसयूभी निर्माण गरिरहेको छ ।

अझ नेपाली बजारमा बढ्दो सब फोर मिटर एसयूभीको माग बढ्दो क्रममा रहेको छ । अहिले यो सेग्मेन्टमा फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलको बिक्री वितरण गर्दै आएको छ ।

यस्तोमा नेपाली बजारमा जीपको उत्पादन बिक्री वितरण हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सब फोर मिटर एसयूभी आएसँगै यो मोडल नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।

जीपको नयाँ सब फोर मिटर एसयूभी फियातको न्यू जेनेरेशन फियात पाण्डाको प्ल्याटफर्ममा आधारित हुने जनाइएको छ । यसलाई कम्पनीले भारतमा उत्पादन गर्ने छ । यसलाई कम्पनीले भारतीय बजारमा सन् २०२१ मा सार्वजनिक गर्ने छ भने अन्तर्राष्ट्रिय बजारमा २०२२ मा सार्वजनिक गर्नेछ ।

यसमा १.३ लिटर ४ सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले १५० पीएस पावर र २७० एनएम टर्क प्रदान गर्ने छ । यसमा डिजेल इन्जिन अप्सन पनि उपलब्ध हुने छ ।

फियात र जीपको सिएमएफ मडूलर प्ल्याटफर्म फरक फरक बढी स्टाइलको लागि चर्चित रहेको छ भने यही प्ल्याटफर्ममा इलेक्ट्रीक, हाइब्रिड, पेट्रोल र डिजेल कारको लागि उपयुक्त मानिन्छ ।


Back_to_top