काठमाडौं । टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन नेपाली बजारमा भित्रने भएको छ ।
कम्पनीले बिभिन्न नयाँ फिचरका साथ आगामी हप्ता भित्र उक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
नेपालमा २०० सीसी सेग्मेन्टमा बजाज पल्सर पश्चात धेरै बिक्री हुने मध्येको एक टीभीएस आरटीआर २०० फोर भी रहेको छ । यसको पावर तथा नेकेड लुक्सलाई नेपाली युवा वर्गमाझ लोकप्रिय मानिन्छ ।
कम्पनीले यसअघिको तुलनामा बिशेष तीन नयाँ फिचर थप गरेर आरटीआर २०० फोर भी बजारमा ल्याउन लागेको छ । यसअघि नन्एबीएस भर्सनमा बिक्री भइरहेको थियो भने अब यो मोटरसाइकलमा एबीएस सुबिधा थप भएर आउने छ ।
यस्तै यसमा अल न्यू एलइडी हेडल्याम्प यसमा रहने छ । कम्पनीले २०२० मोडल आरटीआर १६० फोर भी र २०० फोर भीमा नयाँ एलइडी हेडल्याम्प प्रयोग गरेको छ । एग्रेशिप लुक्सको हेडल्याम्पले बाइलाई अझै आर्कषक देखाएको कम्पनीको दावी रहेको छ भने यसको भिजिवलिटी अझै बढ्ने छ ।
यस्तै टीभीएसले यसमा स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल दिएको छ । यसअधि कम्पनीले यो स्मार्ट कनेक्टेड इन्स्टुमेन्ट कन्सोल आरआर ३१० तथा स्कुटर अफ दि इयर बिजेता एनटर्क १२५ मा दिएको थियो । कम्पनीले आरटीआर २०० फोर भीमा सोही कन्सोलको प्रयोग गरेको बताइएको छ ।
यसमा चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् । यसका अलावा यसमा स्पीडोमिटर, टेकोमिटर, गियर इन्डिकेटर, लो फ्यूल वार्निङ, रियल टाइम क्लक जस्ता फिचर रहेको छ ।
आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, एफआई, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ भने स्लिपर कल्च उपलब्ध रहेको छ ।
हाल नेपालमा नन् एबीएस भर्सनको मूल्य ३ लाख २५ हजार रुपैयाँमा रहेको छ । नयाँ मोटरसाइकलको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । नयाँ आरटीआर २०० फोर भीको मूल्य ३ लाख ४५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा जगदम्वा मोटर्स प्रालिले बिक्री वितरण गर्दै आएको छ ।

