बागमती प्रदेश सरकार अन्तर्गतको एकान्तकुना यातायात कार्यालयले सवारी कर र सवारी लाइसेन्स नवीकरण दस्तुर बुझाउने म्याद कात्तिक मसान्तसम्म थप गरेको हो ।
पछिल्लो समय निषेधाज्ञा खुलेसँगै सवारी कर तिर्न र लाइसेन्सेन्स नवीकरण गर्न आउनेको भीड बढेपछि त्यसलाई मध्येनजर गर्दै यातायात कार्यलयले म्याद थप गरेको हो । यससँगै अब सवारी कर र लाइसेन्स नवीकरण कात्तिक मसान्तसम्म गरे हुने भएको छ ।
सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाको कारण कारण सवारी कर, नवीकरण दस्तुरसमयमा नै बुझाउन समेका थिएनन् ।
सो मितिभित्र सवारी कर तथा नवीकरण दस्तुर बुझाएमा जरिवाना नलाग्ने एक कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ ।
लकडाउनको कारण धेरै सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतीपत्र नवीकरण, सवारी कर तथा नवीकरण लगायतका काम गर्न नपाएपछि बागमती प्रदेश सरकारले लकडाउन सुरु भएपछि म्याद सकिएकाको लागि भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिवाना नलाग्ने निणर्य गरेको थियो ।


