पल्सर २२० अब एबीएस भेरियन्टमा मात्रै किन्न पाइने, यस्तो छ मूल्य र अफर

काठमाडौं । बजाजको पल्सर सिरिजमा सबैभन्दा सफल मोटरसाइकल पल्सर २२० एफ अब एबीएस भर्सनमा मात्र उपलब्ध हुने भएको छ । कम्पनीले नन् एबीएस भेरियन्टलाई आफ्नो वेभसाइटबाट हटाएको हो ।

मस्कुलर र स्पोर्टी डिजाइनका कारण नेपालमा सर्वाधिक सफल मोटरसाइकलको सूचीमा अग्रस्थानमा रहेको पल्सर २०० एफ यसअघि दुई भेरियन्टमा बिक्री वितरण हुँदै आएको थियो । कम्पनीले एबीएस भेरियन्टको ३ लाख ३४ हजार ९०० र नन् एबीएस भेरियन्टको ३ लाख १६ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको थियो ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विगत ११ वर्षदेखि बिक्री गर्दै आएको पल्सर २२० मा अब भने एबीएस भेरियन्टमा मात्र उपलब्ध हुने छ ।

‘एबीएस भेरियन्ट आएसँगै ग्राहकले नन् एबीएस भेरियन्टमा रुची देखाएनन्, त्यसैले अब २२० एफ एबीएस भेरियन्टमा मात्रै उपलब्ध हुने छ’, कम्पनी स्रोतले भन्यो ।

अहिले कम्पनीले ल्याएको दशैं स्कीममा पल्सर २२० किन्न चाहने ग्राहकले नगदमा किन्दा १० हजार रुपैयाँ छुट पाउने छन् भने ५० प्रतिशत डाउन पेमेन्टमा किन्ने ग्राहकले १७ किस्तामा बाँकी रकम तिर्नेगरि किन्दा सून्य प्रतिशत व्याजदरको सुविधा पाउने छन् ।

यदि २० वा ३५ प्रतिशत डाउन पेमेन्ट बुझाएर मोटरसाइकल किन्ने तयारी गरेका ग्राहकलाई कम्पनीले १६ प्रतिशत व्याजदरमा २४ महिनाको किस्ता तिर्नेगरि कर्जा उपलब्ध गराउँदै आएको छ ।

पल्सर २२० एफमा २२० सीसी डिटिएसआई, आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २१ पीएस पावरका साथै ७००० आरपीएममा १९.१२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन वटै कुरा युवाहरुको रोजाईमा पर्ने भएकाले पल्सर २२० नेपालमा सफल भएको हो । यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ ।

१५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।


Back_to_top