काठमाडौं । प्रोटोनको सब कम्प्याक्ट इलेक्ट्रीक ह्याचब्याक इमास ५ ले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।
इमास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एण्ड एडिटर्स च्वाइस अवाड्र्स २०२६ मा उत्कृष्ट सब कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार-एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो ।
यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्रोटोन इमास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको छ ।
यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन इमास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गर्छन् । पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ ।
यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।
नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको र उपभोक्ताहरूले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारी साधनलाई प्राथमिकता दिन थालेको वर्तमान सन्दर्भमा यो अन्तर्राष्ट्रिय उपलब्धि महत्वपूर्ण रहेको छ । यसले नेपाली अटोमोबाइल बजारमा प्रवेश गरिरहेको प्रोटोन इमास ५ को विश्वसनीयता र बजारप्रतिको आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपाली बजारमा पनि प्रोटोनका इलेक्ट्रीक मोडल इमास ५ र इमास ७ उपलब्ध छ । जगदम्बा मोटर्सले प्रोटोन मलेसियासँगको सहकार्यमा नेपालमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्वको अनुभव प्रदान गरिरहेको छ ।

