काठमाडौं । तिहारको एक साताको अवधिमा देशभर सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएको छ ।
कात्तिक २१ गतेदेखि २६ गतेसम्म (६ दिनमा) सवारी दुर्घटनामा ५८ जनाको ज्यान गएको हो । सोही अवधिमा सवारी दुर्घटनमा परी १४७२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार काग तिहारका दिन (कात्तिक २१ गते) देशभर सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने २१० जना घाइते भएका थिए ।
त्यस्तै, कात्तिक २२ गते (लक्ष्मीपूजाका) दिन सवारी दुर्घटनामा ७ जनाको मृत्यु हुँदा २०६ जना घाइते भएका थिए ।
कात्तिक २३ गते (औंसी)का दिन सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ४३५ जना घाइते भएका थिए ।
कात्तिक २४ गते (गोवर्धन पूजा)का दिन ९ जनाले ज्यान गुमाउँदा २७७ जना घाइते भएका थिए ।
कात्तिक २५ गते (भाइटीकाको दिन) मात्रै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए।
कात्तिक २६ गते (टीकाको भोलिपल्ट) सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । भीमफेदी (६ जना) बाहेक अन्य ठाउँका दुर्घटनाको घाइतेको विवरण सार्वजनिक भइसेकेको छैन ।

