मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रारम्भिक जानकारी अनुसार मुत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालबालिका रहेका छन् । त्यस्तै, दुर्घटनामा थप ५ जना घाइते भएका छन् ।

दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको छ ।


Back_to_top