काठमाडाैं । टीभीएसको आधिकारीक वितरक कम्पनी जगदम्बा मोटर्सले भोलि सोमबार नयाँ आरटीआर १६० फो भी सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गर्दै आएको २ भेरियन्ट थियो भने नयाँ अन्य ३ भेरियन्टको बिक्री सुरु गर्न लागेको हो ।
कम्पनीले नयाँ बिक्री सुरु गर्न लागेको भेरियन्टमा स्मार्ट कनेक्ट र एबीएस फिचर उपलब्ध रहने छ । यी फिचरले आरटीआर १६० फोर भी थप हाइटेक र सुरक्षित भएको छ ।
आरटीआर १६० फोर भीको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ, सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ, डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ, कनेक्ट फिचर उपलब्ध डबल डिस्क भेरियन्टको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र एबीएस र स्मार्ट कनेक्ट दुबै भएको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।
आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

