काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षाको विशेष फिचर थप गर्दै नयाँ एसयूभी सिआर-भी नेपाल ल्याएको छ । कम्पनीले ल्याएको सिआर-भी २०२० मोडल हो ।
कम्पनीले यसमा ‘आइडीटके’ १.६ टर्बो इन्जिन दिएको छ, उक्त इन्जिनले पहिलेको तुलनामा उच्च पर्फमेन्स प्रदान गर्ने छ भने, नयाँ मोडलमा उत्कृष्ट इन्टेरियर फिचर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
‘एडभान्स, एनरजेटिक एण्ड स्मार्ट’ कन्सेप्टमा निर्मित ५ औं जनरेशनको होन्डा सिआर-भी बोल्ड डिजाइनमा आएको छ । यसले सहजै सबैको ध्यानआकृष्ट गर्न सक्ने छ । आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

यस एसयूभीमा एड्भान्स इन्टिग्रेटेड एलइडी हेडल्याम्प, इनलाइन एलइडी फगल्याम्प, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट लेदर सिट, ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।
९ स्पिड सिभिटी गियरबक्स रहेको यो एसयूभी अनरोड र अफरोड दुबैको लागि उत्कृष्ट मानिन्छ । पावर र पर्फमेन्स युक्त होन्डा सिआर-भीले नेपाली गहकको मन जित्ने कम्पनीको दाबी रहेको छ । यसको मूल्य १ करोड ४३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । दशैंमा यो एसयूभी किन्न चाहने ग्राहकले ३ लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।

