काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज्ले नेपालमा ८ मोडलका ११ भेरियन्टमा मोटरासइकल र ४ मोडलका स्कुटरको ७ भेरियन्ट बिक्री गरिरहेको छ ।
कम्पनीले मोटरसाइकल सेग्मेन्टमा एमटी १५, आर ३, फेजर २५, एफजेड सिरिज, आर १५, एक्सटीजेड, सलुटो र एसजेड आरआरगरि ८ मोडलमा बिक्री गरिरहेको छ । त्यस्तै स्कुटर सेग्मेन्ट अन्तर्गत फसिनो, रेजेड आर, एनम्याक्स १५५ र रेजेड गरि ४ मोडल बिक्री गर्दै आएको छ ।
दशैंमा मोटरसाइकल किन्ने सोच बनाएको ग्राहकका लागि यामाहाको मोटरसाइकल तथा स्कुटरको हाल लागु रहेको मूल्यसूची यस प्रकार रहेको छ ।
यामाहाको नेपालमा हाल उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा ठूलो क्षमताको मोटरसाइकल आर ३ रहेको छ । यो ३०२ सीसी क्षमताको इन्जिन रहेको मोटरसाइकलको मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि अर्को मोटरसाइकल यामाहा एमटी १५ को मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा १५५ सीसी भिभिए इन्जिन रहेको छ । कम्पनीले बिक्री गर्ने फेजर २५ मा २५० सीसी इन्जिन रहेको छ । यसको मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ भने, २५० सीसी सेग्मेन्ट कै अर्को मोटरसाइकल एफजेड २५ को मूल्य ४ लाख ३४ हजार ९०० रुपैया रहेको छ ।
साथै, यामाहा आर१५ भी ३ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीको सर्वाधिक बिक्री हुने एफजेड १५० सीसी अन्तर्गत एफजेड भी २ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ, एफजेडएस भी २ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र एफजेडएस भी ३ को मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यामाहा कै १५० सीसी सेग्मेन्टमा अर्को मोटरसाइकल एसजेड आरआरको मूल्य २ लाख ३७ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै १२५ सीसी सेग्मेन्टको यामाहा सलुटोको मूल्य २ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै मोटरसाइकल सेग्मेन्टमा एक्सटीजेड १२५ र एक्सटीजेड १५० को केहि समय अगाडिबाट नेपालमा बिक्री सुरु गरेको छ । एक्सटीजेड १२५ को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ भने एक्सटीजी १५० को मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि स्कुटर सेग्मेन्टमा कम्पनीेले हालै मात्र बीएस ६ मोडलका २ स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले बीएस ६ फसिनो १२५ र रेजेडआर १२५ सार्वजनिक गरेको हो । फसिनो १२५ को मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ भने, रे जेडआर १२५ एफआई ड्रमको मूल्य २ लाख २९ हजार ९०० र रेजेडआर स्ट्रीट र्याली १२५ एफआईको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तै यी दुबै मोडलका ११३ सीसी क्षमताका स्कुटर समेत नेपालमा बिक्री भइरहेको छ । फसिनो ११३ को मूल्य २ लाख १२ हजार ९०० रुपैयाँ तथा रेजेडआर ११३ को मूल्य १ लाख ९५ हजार ९०० र यसैको स्ट्रीट र्याली भर्सनको मूल्य २ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि यामाहाले बिक्री गर्ने १५५ सीसी इन्जिन भएको स्कुटर एनम्याक्स १५५ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

