काठमाडौं । हुन्डाई मोटर्सका उत्पादन सेन्ट्रो, ग्राण्ड आई १०, आई २० इलाइट, ग्राण्ड आई १० नियोस, अउरा, भेन्यू, क्रेटा, भर्ना, टुसान र सान्ताफे नेपालमा बिक्री हुँदै आएका मोडल हुन् ।
नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको हुन्डाईका यी कारहरुको विभिन्न ४० भन्दा बढी भेरियन्ट बिक्री हुँदै आएको छ । यस्तोमा ग्राहकले थ्रुपै छनोट अप्सन प्राप्त गर्न सक्ने छन् ।
दशैंअघि ३ नयाँ मोडल अउरा, नियोस र नयाँ जेनेरेशन क्रेटा बजारमा उतारेको कम्पनीले प्रदुषण मापदण्ड बीएस ६ अनुसारका गाडी बिक्री गर्दै आएको छ । विशेषत दशैंको अवशरमा कम्पनीको क्रेटा, नियोस र सेन्ट्रोमा ग्राहकको धेरै रुची रहेको पाइन्छ ।
यस्तोमा कम्पनीले दशैं तिहार केन्द्रित अफरहरु संचालन गरिरहेको छ ।
कुन मोडलमा कति छुट ?
कम्पनीले सेन्ट्रोमा १ लाख नगद छुट दिने जनाएको छ । ग्राण्ड आई १० किन्न चाहने ग्राहकले नगद १ लाख २० हजार छुट पाउने छन्, भने भेन्यू किन्न चाहने ग्राहकले १ लाख ५० नगद छुट पाउन सक्ने छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन क्रेटामा १ लाख ५० हजार नगद छुट दिएको छ भने रेगुलर क्रेटामा पनि १ लाख ५० हजारदेखि १ लाख ७० हजार रुपैयाँसम्म नगद छुट दिने जनाएको छ ।
कम्पनीका अनुसार आई २० इलाइटमा नगद १ लाख ५० हजार रुपैयाँ छुट रहेको छ भने ग्राहकले नयाँ मोडल ग्राण्ड आई १० नियोसमा १ लाख २० हजार नगद छुट प्राप्त गर्न सक्ने छन् ।
अउरा सेडानमा १ लाख २० हजार, भर्ना सेडानमा १ लाख ७० हजार नगद छुट घोषणा गरेको कम्पनीले टुसानमा भने २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । कम्पनीले सबैभन्दा धेरै छुट सान्ताफेमा दिने अफर ल्याएको छ । सान्ताफे किन्ने ग्राहकले ४ लाख रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।
स्क्र्याच कार्डबाट थप छुट
कम्पनीले दशैंको अवशरमा गाडी बिन्ने ग्राहकलाई १ लाख रुपैयाँसम्मको छुट स्क्र्याचबाट पाउने अफर गरेको छ । कम्पनीले ल्याएको स्क्र्याच कार्डमा ग्राहकले कम्तीमा २० हजार र बढीमा १ लाखसम्म जित्न सक्ने छन् ।
स्वास्थ्यकर्मीलाई थप सुविधा
कम्पनीले ल्याएको अफर योजनामा स्वास्थ्यकर्मीलाई थप सुविधा दिने जनाएको छ । कोभिड १९ को संक्रमणसँग अग्रभागमा रहेर खटिएका स्वास्थ्यकर्मीले हुन्डाईको गाडी किन्न चाहेमा २५ हजार रुपैयाँ बराबरको सर्भिस भौचर प्राप्त गर्न सक्ने छन् । उक्त भौचरको प्रयोगले २ वर्ष भित्रमा सर्भिस लगायतका काममा खर्च गर्न पाइने कम्पनीले जनाएको छ ।

