टीभीएस एनटर्क १२५ बीएस ६ भर्सनकाे नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

काठमाडाैं । टीभीएस एनटर्क १२५ को बीएस ६ भर्सन नेपालमा विक्री सुरु भएको छ । कम्पनीले पहिलो चरणमा आएको स्कुटरको डेलिभरी दिन सुरू गरेकाे हाे ।

केही दिन अघि काठमाडौंमा यो स्कुटर देखिएको थियो । कम्पनीले आजदेखि यसको विक्री खुल्ला गरको हो । पहिलो चरणमा आएको स्कुटरको डेलिभरी भएको छ भने केही दिनमा थप स्कुटरको डेलिभरी दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बीएस ६ भर्सनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । यसको बीएस ४ को मूल्य २ लाख ५४ हजार रुपैयाँ रहेको छ । यसको ड्रम भर्सनको मूल्य २ लाख १५ हजार ९०० रुपैयाँ रहेको छ भने डिस्क भर्सनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।

बीएस ६ एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।

यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।

सस्पेन्सलाई कम्पनीले बीएस-४ बाट नै निरन्तरता दिएको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।

यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।


Back_to_top