हिमालयन बैंकले ल्यायो सवारी किन्नेलाई कर्जा अफर, व्याजदर ८% भन्दा कम

काठमाडौं । हिमालयन बैंकले गाडी किन्ने ग्राहकलाई सस्तो व्याजदरमा कर्जा सुविधा प्रदान गर्ने नयाँ योजना अगाडि ल्याएको छ । बैंकले वार्षिक ७.९९ प्रतिशत व्याजदरमा सवारी साधन कर्जा दिने योजना ल्याएको हो ।

बैंकले नयाँ कर्जाको व्याजदर घोषणा गर्दै यस्तो कर्जा सुविधा ल्याएको छ । सवारी साधन कर्जाको अलावा बैंकले आवाश कर्जा, शैक्षिक कर्जा, शिक्षण संस्थालाई दिइने कर्जा, साना तथा मझौला व्यवसायीक भवन निर्माण कर्जा पनि ७.९९ प्रतिशत व्याजदरमा दिने जनाएको छ । तर, बैंकले व्यवसायीक प्रयोजना प्रयोग हुने सवारीसाधन कर्जामा भने ९.९९ प्रतिशत व्याज लाग्ने जनाएको छ ।

बैंकले स्थिर व्याजदरमा आवास, सवारी साधन र शैशिक कर्जा लिनेले ९.४९ प्रतिशतभन्दा माथि आवश्यकता अनुसार ३ देखि १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ ।

बैंकबाट कर्जा लिने ग्राहकलाई न्यूनतम सेवा शुल्क, सरल, सहज र छरितो प्रकृयाबाट कर्जा उपलब्ध गराउने, एक वर्षको लागि निःशुल्क क्रेडिट कार्ड, हरेक वर्ष तिर्ने मासिक किस्तामा पुनरवालोकन गर्ने जनाएको छ ।


Back_to_top