काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल निर्माता कम्पनी एमभी अगस्टाले ल्याएको लिमिटेड एडिसन ‘सुपरवेलोस अल्पाइन’ विक्री खोलेको एक घन्टामा सोल्डआउट भएको छ । कम्पनीले यसको ११० यूनिट मात्रै उत्पादन गर्ने घोषणा गरेको थियो ।
सुपरवेलोसको ७५ एनिभर्सरी पारेर विक्री खुल्ला गरिएको लिमिटेड एडिसन ‘सुपरवेलोस अल्पाइन’ एमभी अगस्टाको अल्पाइन ए११० मा आधारित मोटरसाइकल हो ।
कम्पनीले विगत दुई वर्षदेखि सुपरवेलोस अल्पाइनको तयारी गरेको जानकारी दिएको छ । यसको सफलतापछि एमभी अगस्टाका सीइओ तैमुर सरदोव भन्छन्, ‘सुपरवेलोस अल्पाइनको सफलताबाट हामीमा नयाँ हौसला आएको छ । यसको लागि म सबै व्यवसायीक साझेदारलाई धन्यवाद दिन चाहन्छु । यसलाई हामीले अलगै प्रोजेक्ट बनाएर काम गरेका थियौ, हामी सबै सफल भयौं ।’
कम्पनीले लिमिटेड एडिसन सुपरवेलोस अल्पाइनको अनुमानित मूल्य ३६ हजार ३०० यूरो, करिब ५१ लाख ९० हजार रुपैयाँ रहने छ । यदि यो मोटरसाइकल नेपाल ल्याउने हो भने सरकारी कर लगायतको खर्च गर्दा १ करोड ५० लाखभन्दा बढी पर्न आउँछ ।

