इलेक्ट्रीक कार विक्रीमा उच्च वृद्धि, यस्तो छ २० कम्पनीको विक्री तथ्यांक

काठमाडौं । विश्वमा सन् २०२० धेरै कुराले कष्टकर बन्यो । तर, विद्युतीय गाडी विक्रीको हिसावले भने २०२० लाई स्वर्णकाल मान्न सकिन्छ । गएको ११ महिनामा विश्वभर विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुले २५ लाख ४४ हजार २६९ यूनिट कार उत्पादन तथा विक्री गरेका छन् ।
सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्मको डाटालाई हेर्ने हो भने विद्युतीय कारको विक्री निकै राम्रो रहेको मान्न सकिन्छ ।

टेस्ला, फक्सवागन, बिवाइडी, बिएम्डब्ल्यू, एसजिएमडब्ल्यू, मर्सिडिज, रेनो, भोल्भो, अउडी र हुन्डाई कम्पनी विश्वमा विद्युतीय कार विक्री गर्ने उत्कृष्ट १० कम्पनी बन्न सफल भएका छन् ।

एसएआईसी, किया, प्यूजो, जिएसी, निसान, ग्रेटवाल, टोयोटा, पोर्ष्चे, एनआईओ, चेरी ब्राण्ड इलेक्ट्रीक कार धेरै विक्री गर्ने २० कम्पनीको सूचीमा अटाएका छन् ।


Back_to_top