अप्रिलिया एसएक्सआर १६० को नेपालमा बुकिङ खुल्यो, यस्तो छ मूल्य र फिचर

काठमाडौं । अप्रिलिया ‘एसएक्सआर १६०’ को नेपालमा बुकिङ खुलेको छ । अप्रिलिया तथा भेष्पाको आधिकारिक वितरक विवेक अटोमोवाइलले अप्रिलिया एसएक्सआर १६०को बुकिङ खुल्ला गरेको हो ।

अप्रिलियको आधिकारिक सोरुममार्फत ग्राहकले आजैदेखि अप्रिलिया एसक्सआर १६० को बुकिङ गर्न सक्नेछन् । कम्पनीको छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी समेत गररहेको जनाएको छ ।

अप्रिलिया १६० मा सिगंल सिलिन्डर एफआइ बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।

त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर रहेको छ ।

यो स्कुटरको मूल्य भारतीय बजार १ लाख ३८ हजार भारतीय रुपैयाँ रहेको छ भने नेपालमा सार्वजनिक हुँदा ४ लाखदेखि ४ लाख १० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । कम्पनीले भने मूल्यको बारेमा कुनै आधिकारिक जानकारि गराएको छैन ।


Back_to_top