दुई वर्ष भित्र भारतमा ४ नयाँ एसयूभी ल्याउने जीपको घोषणा

काठमाडौं । जीप इन्डियाले भारतीय बजारलाई लक्षित गर्दै आगामी दुई वर्ष भित्र ४ नयाँ एसयूभी ल्याउने घोषणा गरेको छ । यस बीचमा कम्पनीले सब फोर मिटर एसयूभी पनि बजारमा ल्याउने जनाएको छ । उक्त एसयूभी जीपको अहिलेसम्मकै सबैभन्दा सस्तो एसयूभी हुने अनुमान गरिएको छ ।

जीपले भारतमा थप २५० मिलियन डलर लगानी थप गर्दै नयाँ मोडलहरुको तयारीमा जुटेको जनाएको छ । कम्पनीले जनवरी ७ तारिखमा नै नयाँ फेसलिफ्ट कम्पास सार्वजनिक गर्न लागेको छ । त्यसपछि कम्पनीले ७ सिट क्षमताको नयाँ एसयूभी २०२२ मा सार्वजनिक गर्ने छ ।

जीप इन्डियाले र्‍याङलर र ग्राण्ड चेरोकी भारतमा नै एसेम्बल गर्ने जनाएको छ । यहि बीचमा कम्पनीले सब फोर मिटर एसयूभी समेत बजारमा ल्याउने उल्लेख गरेको छ ।

नेपालमा लाइफ अटोमोवाइलले भारतमा उत्पादन भएको जीप कम्पासको विक्री वितरण गर्दै आएको छ भने, अमेरिकाबाट आयात गरेर र्‍याङलर र ग्राण्ड चेरोकी विक्री गरिरहेको छ ।


Back_to_top