टाटाको नयाँ अफरः यूवालाई रोजगार बनाउन ६ प्रतिशत व्याजमा गाडी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विभिन्न कारण वस विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी ‘टाटा मोटर्स स्वावलम्बी अभियान’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत टाटाका कमर्शियल गाडीहरुको खरिदमा बिना धितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सकिने छ । त्यसको लागि कम्पनीले व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाएको जनाएको छ ।

युवालाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो योजना ल्यएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत कंम्पनीले युवा जनशक्ति मार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्वृद्धी हासिल गर्न सक्ने कम्पनीले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।

यस अभियानमा सहभागी हुन चाहने ग्राहकले टाटा मोटर्सको शोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्ने छन् । साथै, घरमै बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सक्ने छन् ।


Back_to_top