थप आक्रमक बन्दै मारुती सुजुकी, यी हुन् आउँदै गरेका नयाँ मोडल

काठमाडौं । मारुती सुजुकी भारतमा सबैभन्दा धेरै कार विक्री गर्ने कम्पनी हो । अघिल्लो वर्षसम्म नेपालमा पनि सर्वाधिक बजार हिस्सा ओगटेको मारुती सुजुकीलाई अहिले हुन्डाईले पछि परेको छ । तर, भारतमा कुनैपनि कम्पनीले उसलाई भेट्टाउन सक्ने अवस्था छैन । उसको बजार हिस्सा ५० प्रतिशत भन्दा माथि रहेको छ भने हुन्डाई १७ प्रतिशत बजार हिस्सा सहित दोस्रो स्थानमा रहेको छ ।

विशेषत किया, टाटा, हुन्डाई जस्ता कम्पनीले आक्रमक रणनीति बनाएर भारतमा लगानी बढाउँदै लगेसँगै मारुती सुजुकीमा केहि दवाव भने परेको छ । बजारको नेचर नै चलायमान हुने हुँदा कुन समयमा ग्राहकले कस्तो गाडी मनपराउँछन् त्यो सहजै जानकारी हुने विषय हुँदैन । त्यसैले मारुती सुजुकी नयाँ अक्रमक प्लान तयार गरेर अगाडि बढेको छ ।

उसको रणनीतिको हिस्साको रुपमा विभिन्न रिपोर्टले टोयोटासँगको सहकार्यलाई औल्याउँदै आएका छन् । भारतमा मारुती सुजुकी कम मूल्यमा ‘भ्यालु अफर मनी’ कार निर्माणमा अब्बल कम्पनी प्रमाणित भइसकेको छ ।

कम्पनीले आफ्नो अहिले विक्री गर्दै आएको तीन मोडलको नयाँ जेनेरेशन मोडल ल्याउँदै छ । जसमा इन्ट्री लेवल कार अल्टो, बी सेग्मेन्ट ह्याचव्याक कार सेलेरियो र सब फोर मिटर एसयूभी भिटारा ब्रेजाको नयाँ जेनेरेशन मोडल यहि वर्ष बजारमा ल्याउँदै छ ।

कम्पनीले ल्याउन लागेको अल्टो ८०० र सेलेरियो कार सन् २०१४ पछि पहिलो पटक नयाँ जेनेरेशन मोडल ल्याउन लागेको हो । भिटारा ब्रेजा सन् २०१६ मा आएको मोडल हो । यो सेग्मेन्टमा अत्याधिक प्रतिस्पर्धा रहेकाले कम्पनीले यसको नयाँ जेनेरेशन मोडल चाँडै ल्याउन लागेको अनुमान गरिएको छ ।

यसका साथै, कम्पनीले स्वीफ्ट फेसलिफ्ट पनि यहि वर्ष ल्याउने अनुमान गरिएको छ । सन् २०१८ मा थर्ड जेनेरेशन स्वीफ्ट बजारमा आएको थियो ।

यसका अलावा कम्पनीले भारतमा सुजुकी जिम्नी र हुन्डाई क्रेटा र किया सेल्टोसको प्रतिस्पर्धी मोडल ल्याउने तयारी गरिरहेको विभिन्न मिडिया रिपोर्टमा जनाइएको छ ।

यी सबै तयारी हेर्दा मारुती सुजुकी भारतमा आक्रमक रणनीति साथ अगाडी बढेको बुझ्न कठिन छैन ।


Back_to_top