काठमाडौं । मारुती सुजुकीले विक्री गर्दै आएकाे अधिकांश कार २०२१ मोडल ल्याएको जनाएको छ । कम्पनीसँग २०२० मोडलको स्टक धेरै नरहेकाले अल्टो र एस–प्रेसो बाहेका अन्य सबै २०२१ मोडल आएको जनाएको छ ।
साथै, कम्पनीले नयाँ मोडल आएसँगै गाडीको मूल्यसमेत केहि बढाएको छ । सिजी मोटोकर्पले आधिकारीक विक्री वितरण गर्दै आएको मारुती सुजुकीले अहिले नेपालमा १४ मोडलका ३३ भेरियन्टको विक्री वितरण गर्दै आएको छ ।
कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मूल्यको कार अल्टो ८०० हो भने सबैभन्दा महंगो मोडल एक्सएल ६ हो । कम्पनीले नेपालमा १९ लाखदेखि ४८ लाख रुपैयाँसम्मका कार तथा एसयूभी विक्री गर्दै आएको छ ।
यस्तो छ मोडलको मूल्य
अल्टो ८०० एसटीडी भेरियन्टको १९ लाख ९ हजार, एलएक्सआई भेरियन्टको २१ लाख ९ हजार र भिएक्सआई भेरियन्टको २३ लाख ९ हजार रुपैयाँ रहेको छ ।
एसप्रेसो नेपालमा ४ भेरियन्टमा उपलब्ध रहेको छ । यसको स्टायडर्ड भेरियन्टको २३ लाख ४९ हजार, एलएक्सआईको २४ लाख ४९ हजार, भिएक्सआईको २५ लाख ४९ हजार र भिएक्सआई प्लसको २५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
भिटारा ब्रेजा पनि तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसको भिएक्सआईको मूल्य ४१ लाख ६९ हजार, जेडएक्सआई प्लसको ४४ लाख ६९ हजार र जेडएक्सआई प्लस ड्यूल टोनको ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
सेलेरियो भिएक्सआईको मूल्य २५ लाख ४९ हजार, जेडएक्सआई अप्सनलको २७ लाख ९९ हजार र सेलेरियो एक्सको मूल्य २९ लाख २९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले विक्री गर्ने इको डेलिभरी भ्यानको मूल्य १३ लाख ९९ हजार र सुपर क्यारीको मूलय १५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले इको भ्यान एसी ५ सिटरको मूल्य २४ लाख ६९ हजार र ७ सिटर स्टायडर्ड भेरियन्टको २४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
डिजायर दुई भेरियन्टमा उपलब्ध रहेको छ । डिजायर भिएक्सआईको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको मूल्य ३७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले स्वीफ्ट तीन भेरियन्टमा ल्याउन थालेको छ । यसअघि दुई भेरियन्टमा मात्र उपलब्ध स्वीफ्ट अब भने जेडएक्सआई प्लस भेरियन्ट थप भएको हो । यसको मूल्य ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ । स्वीफ्ट जेडएक्सआईको मूल्य ३३ लाख ९९ हजार र भिएक्सआईको मूल्य ३० लाख ९९ हजार रहेको छ ।
वागेनआर १.० को मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ । १.२ भिएक्सआई भेरियन्टको २७ लाख ४९ हजार र जेडएक्सआई १.२ लिटरको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले बलेनो डेल्टाको मूल्य ३५ लाख ७९ हजार, जेटाको ३८ लाख ७९ हजार र अल्फाको ४२ लाख ७९ हजार रुपैयाँ तोकेको छ ।
एर्टिगा भिएक्सआईको मूल्य ४० लाख ९९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सुजुकी सियाजको डेल्टा भेरियन्टको मूल्य ३८ लाख २९ हजार र अल्फा भेरियन्टको मल्य ४४ लाख २९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले दुई भेरियन्टमा विक्री गर्दै आएको ६ सिट क्षमताको एक्सएल ६ जेटा भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र अल्फा भेरियन्टको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

