गल्फ लुब्रिकेन्ट बन्यो हिमालयन मोटरल्यान्ड सर्किटको कर्पोरेट मेम्बर

काठमाडौं । मोटर स्पोर्ट्स विकासमा अग्रसर धुलिखेल स्थित हिमालयन मोटरल्यान्डलाई अझै सुदृढ रुपमा व्यवस्थित गर्न कर्पोरेट मेम्बरको रुपमा नेपाल ल्युब आयल लिमिटेडले एक सम्झौँता गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडले गल्फ लुब्रिकेन्टको उत्पादन तथा विक्री–वितरण गर्दै आइरहेको छ । अल्टिमेट हिमालयन मोटरल्यान्डले व्यवस्थापन सम्हालेको उक्त सर्किटले २०२१ को लागि राष्ट्रिय खेल यसअघि नै सार्वजनिक गरिसकेको छ ।

उक्त कार्यक्रममा नेपाल ल्युब आयलका तर्फबाट निर्देशक करण चौधरीले समझदारी पत्रमा हस्ताक्षर गर्दै हरेक अटोमोबाइल कम्पनीहरु यस प्रकारका काममा अग्रसर रहनु पर्ने कुरामा जोड दिएका थिए । उनले देशमा रहेका मोटर स्पोर्ट्स क्षेत्रका खेलाडीहरुको लागि आफू सधै अग्रपंक्तिमा रहि सहयोग गर्ने बताउँदै देशको नाम विश्व सामू चिनाउन मोटर स्पोर्ट्स क्षेत्रका खेलाडीहरु पनि सफल रहेको धारणा व्यक्त गरे ।

नेपालमा गल्फ लुव्रिकेन्टले हरेक प्रकारको मोटर स्पोर्ट्स सम्बन्धी खेलमा विगत लामो समयदेखि साथ सहयोग दिदै आएकोमा धन्यवाद दिदै हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिल बरालले मोटर स्पोर्ट्सको विकासमा कम्पनीको सहयोगको सधैँ उच्च मुल्यांकन हुनेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले गल्फ लुब्रिकेन्ट अन्तर्राष्ट्रिय स्तरको लुव्रिकेन्ट रहेको र अन्तर्राष्ट्रिय स्तरमा मोटर स्पोर्ट्सका हरेक प्रकारका खेलको विकासमा अग्रपंक्तिमा रहेकोमा नेपालमा पनि साथ सहयोग गरि सँगै अघि बढ्न पाएकोमा गर्व महसुस भएको बताए ।

उक्त कार्यक्रममा हिमालयन मोटरल्यान्ड सर्किटका तर्फबाट अध्यक्ष अनिल बरालको साथमा प्रवन्ध निर्देशक दिप्रश शाक्य तथा प्रमुख सल्लाहकारहरु आशिष लामिछाने तथा मधुसूदन सिग्देलको उपस्थिति रहेको थियो । कार्यक्रममा हिमालयन मोटरल्यान्डका प्रवन्ध निर्देशक दिपेश शाक्यले आगामी दिनमा हुने मोटर स्पोर्ट्सको राष्ट्रिय खेलहरुको स्तर अन्तर्राष्ट्रिय स्तरको बनाउन मोटर स्पोर्टस एकेडमीको शुरुवात निकट भविष्यमा हुन लागेको बताए ।


Back_to_top