काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर कम्पनी हिरोको नेपालको लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालि रहेको छ । कम्पनीले नेपालमा हिरोको ५ मोडलका ११ भेरियन्टका मोटरसाइकल र ४ मोडलका ५ भेरियन्टमा स्कुटर विक्री गर्दै आएको छ ।
नेपाली बजारमा हिरो स्प्लेन्डर र हिरो एक्सपल्स २०० सबैभन्दा रुचाइएको मोटरसाइकल हो । कम्पनीले नेपालमा २ लाख मूल्यभन्दा कमका ४ भेरियन्टका मोटरसाइकल विक्री गर्दै आएको छ ।
हिरोको सबैभन्दा महंगो मोटरसाइकल ३ लाख ९१ हजार ५०० रुपैयाँ रहेको छ । साथै, सबैभन्दा कम मूल्यको मोटरसाइकलको मूल्य १ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
हिरोले २०० सीसी सेग्मेन्टमा ३ मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ । जसमा हिरो एक्सपल्स २००÷२०० टी र एक्स्ट्रीम २०० आर रहेको छ । त्यस्तै हिरो स्प्लेन्डरको तीन भेरियन्ट, ग्याल्मरको तीन भेरियन्ट, एचएफ डिलक्स, एचिभर र एक्स्ट्रीम स्पोर्टस् मोटरसाइकल रहेको छ ।
त्यसैगरि हिरोले नेपालमा हिरो प्लेजर स्कुटरको दुई भेरियन्ट, डुएट, मजेष्टो, डेस्टिनी स्कुटरको विक्री गरिरहेको छ ।
यस्तो छ सबै स्कुटर तथा मोटरसाइकलको मूल्य



