नेपाल आयो टीभीएस एनटर्कको नयाँ एडिसन, यस्तो छ मूल्य

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले एनटर्कको सुपर स्क्वाड एडिसन नेपाल ल्याएको छ । कम्पनीले ल्याएको नयाँ एडिसन एक महिनाअघि भारतमा सार्वजनिक भएको थियो ।

नयाँ एडिसनसँगै टीभीएस एनटर्क विभिन्न ५ भेरियन्टमा उपलब्ध भएको छ । नेपालमा एनटर्क १२५ ड्रम, एनटर्क १२५ डिस्क, एनटर्क १२५ रेस एडिसन, एनटर्क १२५ सुपर स्क्वाड र एनटर्क १२५ रेस एडिसन एफआई ग्राहकले किन्न सक्ने छन् ।

टीभीएस एनटर्क १२५ नेपालमा स्टाइल र प्रविधिका लागि परिचित छ । सन् २०१८, सेप्टेम्बरमा पहिलो पटक नेपालमा सार्वजनिक भएको एनटर्क १२५ अहिले सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर बनिसकेको छ ।

यसमा १२४.७९ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ९.४ पीएस पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

एनटर्क स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।

फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।

यस्तो छ मूल्य

एनटर्क १२५ ड्रम भेरियन्टको मूल्य २ लाख १५ हजार ९००, डिस्क भेरियन्टको मूल्य २ लाख ४० हजार ९००, रेस एडिसनको २ लाख ५८ हजार ९००, सुपर स्क्वाड भेरियन्टको २ लाख ६६ हजार ९०० र एफआई रेस एडिसनको २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top