काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले आफ्नो सबै मोडलको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले भोलि फेब्रुअरी १ तारिखबाट लागुहुने गरि मूल्य बढाउन लागेको हो ।
कम्पनीले आफ्नो सर्वाधिक विक्री हुने स्कुटर र मोटरसाइकलको मूल्य बढाएको छ । कम्पनीले स्कुटरमा एनटर्क रेस एडिसन र मोटरसाइकलमा आरटीआर १६० फोर भीको मूल्य बढाएको हो ।
कम्पनीले पछिल्लो दिनमा नेपाल ल्याएको एसबीएस र स्मार्ट कनेक्ट फिचर सहितको अपाचे आरटीआर १६० फोरको मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ बनाएको छ । यसअघि यो मोटरसाइकलको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यसैगरि कम्पनीको सर्वाधिक विक्री हुने स्कुटर एनटर्क १२५ रेस एडिसनको मूल्यपनि ४ हजार रुपैयाँले वृद्धि गरेको छ । कम्पनीले यसअघि २ लाख ५४ हजार ९०० रुपैयाँ विक्री गर्दै आएको रेस एडिसनको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ बनाएको हो ।
यी बाहेक कम्पनीले अन्य मोडल र भेरियन्टमा समेत मूल्य बढाएको छ । कम्पनीले हरेक मोडलमा १ हजारदेखि ४ हजारसम्म मूल्य बढाएको हो ।
यस्तो छ सबै भेरियन्टको नयाँ मूल्यसूची



