काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक विक्री हुने ह्याचव्याक कार टियागोको नयाँ लिमिटेड एडिसन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले फेसलिफ्ट टियागो बजारमा ल्याएको एक वर्ष पुरा भएको अवशर पारेर लिमिटेड एडिसन ल्याएको हो ।
टियागोको एक्सटी भेरियन्टमा आधारित रहेर ल्याइएको स्पेशल एडिसनमा म्यानुअल गियरबक्स उपलब्ध रहेको छ । कम्पनीले यसलाई विभिन्न तीन कलर भेरियन्टमा बजारमा उतारेको छ । जसमा फ्लेम रेड, पियरलेसेन्ट ह्वाइट र डोटोना ग्रे रहेका छन् ।
१.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध टियागो लिमिटेड एडिसनमा १४ इन्चको अलोय ह्वील, ५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामेरा, रिभर्स पार्किङ सेन्सर, भ्वाइस कमान्ड सपोर्ट जस्ता फिचर पाउन सकिन्छ ।
नयाँ गाडी सार्वजनिक गर्दै टाटा मोटर्स प्यासेन्जर कार मार्केटिङ हेड विवेक श्रीवत्सले भने, ‘२०१६ मा पहिलो पटक बजारमा आएसँगै टियागोले निकै राम्रो बजार पाउँदै आएको छ । ग्लोबल एनक्याप क्र्यास टेस्टमा फोर स्टार रेटिङसहित सेग्मेन्टमा नै सर्वाधिक सुरक्षीत कार बनेको टियागो ३ लाख २५ हजार सन्तुष्ट ग्राहकसहित अगाडि बढी रहेको छ । नयाँ एडिसनले कम्पनीलाई थप उत्साहित बनाएको छ ।’


