जुम्लामा जेसीबीको नयाँ आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जुम्लामा आफ्नोे ‘अथराइज्ड रिटेल आउटलेट’ खोलेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ ।

नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा लेखा समितिका संयोजक दीनबन्धु श्रेष्ठले गरेका थिए । यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तिव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको अंकित जनरल स्टोरका चन्द्र खड्काले बताए ।

उद्घाटन समारोहमा जुम्ला र छिमेकी जिल्लाका ग्राहकहरुको सहभागिता रहेको थियो । यो सहित जेसीबीले नेपालमा २० वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, हरिओन, हिले, फिदिम, चन्द्रौटा, दमौली, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालनमा रहेका छन् ।

जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।

इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय रहेको कम्पनीको दाबी छ ।


Back_to_top