यामाहा FZS V3 मा भयो परिमार्जन, थपिए यस्ता फिचर

काठमाडौं । यामाहाको चर्चित मोटरसाइकल सिरिज एफजेडको २०२१ मोडल भारतमा सार्वजनिक भएको छ । कम्पनीले एफजेड सिरिजको नयाँ उत्पादनमा थुप्रै कस्मेटिक परिमार्जन र हाइटेक फिचर थप गरेर ल्याएको हो ।

कम्पनीले एफजेडएस भि थ्रिमा पहिलेकै १४९ सीसी क्षमताको एफआई इन्जिन दिएको छ । तर, बाइकमा रहेको एग्जस्ट सिस्टममा भने अपग्रेड गरेको छ । त्यहि कारण पहिलेको तुलनामा कम आवाज आउने छ । कम्पनीले यसको समग्र पार्टस्मा केहि परिमार्जन गरेकै कारण यसको कुल तौल १३७ किलोबाट घटेर १३५ किलोग्राम मात्र भएको छ । जसले यो मोटरसाइकल चलाउन चालकलाई सजिलो हुने छ ।

नयाँ एफजेडएस भि थ्रिमा १४० एमएम वाइड टायर दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस पाउन सकिन्छ भने इन्जिन कट अफ स्वीच यसमा थप गरिएको छ । यामाहाले यसमा ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ टेक्नोलोजी प्रदान गरेको छ ।

यस कनेक्ट फिचरको प्रयोगबाट इ–लक, मोटरसाइकल पार्क गरिएको स्थान, एन्सर बैंक, हजार्ड लाइट जस्ता सुविधा प्रयोग गर्न सकिने छ ।

समग्रमा यामाहाले आफ्नो एफजेडएस भि थ्रीलाई थप स्पोर्टी, चलाउन सजिलो र झट्ट हेर्दा आकर्षक बनाएर बजारमा उतारेको छ ।


Back_to_top