यामाहाको नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं । यामाहाको नयाँ मोटरसाइकलको चर्चा चुलिदै गएको छ । कम्पनीले सन् २०२० को अन्तिम समयमा ट्रेडमार्क दर्ता गरेको एफजेड-एक्सका विभिन्न रेन्डर तस्विरहरु बाहिर आउन थालेका छन् ।

यामाहाको चर्चित मोटरसाइकल सिरिज एफजेडको एड्भेन्चर सिरिजको रुपमा आउन लागेको एफजेड-एक्सको चर्चा हुनुमा यामाहाले भारतमा ल्याउन लागेको पहिलो एड्भेन्चर सिरिज हुनु हो ।

भारतका एक क्रियटीभ आकाशले एफजेड २५ को एड्भेन्चर डिजाइन तयार गरेर शोसल मिडियामा सार्वजनिक गरेका छन् । उनले तयार गरेको एड्भेन्चर मोटरसाइकलमा स्पोक ह्वील दिइएको छ ।

एफजेड २५ मा रहेको हेडल्याम्प लगायतका फिचरमा केहि परिमार्जन गरिएको छ भने मोटरसाइकलमा टेल भाइजर, हाफ फियरिङ, मोटो साइजमा अगाडिको फर्क दिइएको छ । यसले लामो यात्रामा चालकलाई सहज बनाउने छ ।

फ्यूल ट्याङ्क, फुटपेज, सेन्ट्रल प्यानल र सिट भने परिवर्तन गरिएको छैन । यसमा अफरोड राइडिङमा सहयोग पुग्ने थुप्रै फिचर थप गरिएको छ । एड्भेन्चर देखाउन यसको एग्जस्ट पनि नयाँ दिइएको छ ।

अगाडि ठूलो ह्वील र पछाडि सानो ह्वील दिइएकाले यसलाई झट्ट हेर्दा नै एड्भेन्चर मोटरसाइकल लाग्ने छ । यसको पछाडिको भागलाई निकै स्पोर्टी देखाइएको छ ।

यो मोटरसाइकल २५० सीसी क्षमताको इन्जिन सहित बजारमा आउने छ । यसमा रहेको इन्जिनले २०.८ पीएस पावर र २०.१ एनएम टर्क प्रदान गर्नेछ । यो सबै विवरण कम्पनीले आधिकारीक रुपमा सार्वजनिक भने गरिसकेको छैन ।


Back_to_top