केटीएमको सबैभन्दा कम मूल्यको एड्भेन्चर मोटरसाइकल नेपाल आउने

काठमाडौं । नेपालको लागि केटीएमको आधिकारक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २५० एड्भेञ्चर नेपाल ल्याउने भएको छ । कम्पनीले ७ लाखदेखि ८ लाख रुपैयाँको बीचमा मूल्य कायम गरेर यसको विक्री सुरु गर्ने तयारी गरेको हो ।

केटीएमको इन्ट्री लेवल एड्भेञ्चर मोटरसाइकलको रुपमा नेपाल आउने २५० को केहि दिनपछि बुकिङ खुल्ला हुनसक्ने जनाइएको छ ।

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९।६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।


Back_to_top