काठमाडौं । स्कोडाले र्यापीड किन्न चाहने ग्राहकलाई लक्षित गर्दै नयाँ अफर संचालनमा ल्याएको छ । स्कोडाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेजले ल्याएको यस योजनाले डाउन पेमेन्ट गर्ने रकम पुर्याउन नसक्ने मानिस वा कम्पनीलाई आकर्षण गर्ने छ ।
स्कोडाले पाँच वर्षसम्म परिवर्तन नहुने गरि ५.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने छ । कम्पनीले स्कोडा र्यापीड खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँ डाउन पेमेन्ट गरे पुग्ने जनाएको छ । त्यसबाहेक बाँकी रकम कर्जा लिन सकिने छ ।
साथै कम्पनीले स्कोडा र्यापीडको खरिदमा आकर्षक नगद छुट, निःशुल्क एशोसरिज, चालु आर्थिक वर्षको वार्षिक कर, एक्सचेन्ज गर्ने ग्राहकलाई एक्सचेन्ज बोनस र एक लाख किलोमिटर वा ४ वर्षको वारेन्टी समेत दिने जनाएको छ ।
यस्तो छ स्कोडा र्यापीड
स्कोडा र्यापीडमा १.० लिटर टिएसआई पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ११० पीएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ र्यापीड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि निकै राम्रो रहेको छ । यसले १८.९७ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्ने छ ।
स्कोडा र्यापीडमा ४६० लिटरको बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ र्यापीडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ ।
विभिन्न ५ भेरियन्टमा उपलब्ध र्यापीडको एक्टीभ राइडरको भेरियन्टको मूल्य ३६ लाख ९० हजार, एम्बिसनको ४३ लाख ९० हजार, ओनिक्सको ४४ लाख ९० हजार, स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लो भेरियन्टको ५१ लाख ९० हजार रुपैयाँ रहेको छ ।


