यामाहा आर १५ भी ३ रातो कलरमा सार्वजनिक

यामाहाले २०२१ मोडल आर १५ भी ३ नयाँ कलर अप्सनमा ल्याएको छ । कम्पनीले मेटालीक रेड कलर अप्सन थप गरेको हो ।

यो मोटरसाइकल भारतीय बजारमा अप्रिलबाट विक्री सुरु गर्ने जनाएको छ । भारतीय बाजरमा यसको मूल्य १ लाख ५२ हजार १०० भारतीय रुपैयाँ एक्स सोरुम मूल्य निर्धारण गरेको छ भने यसमा अन्य कुनै परिर्वतन गरेको छैन् ।

यसअघि आर १५ भी ३ रेसिङ ब्लु, थंडर ग्रे र डार्कनाइट कलरमा उपलब्ध रहेको थियो । यसका २०२० मोडलमा कुनै परिर्वतन भने गरिएको छैन् ।

कम्पनीको लाइनअपमा रहेको सबैभन्दा सानो स्पोटर्स मोटरसाइकल आर १५ भी ३ मा १५५ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो १८.६ पीएस पावर तथा १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच जडान गरिएको छ ।

आर १५ भी ३ नेपाली बजारमा लोकप्रिय मोटरसाइकल रहेको छ । हाल नेपालमा बीएस ४ भर्सनमा उपलब्ध यो मोटरसाइकलको बएिस ६ भर्सन आउँदा यो नयाँ कलरमा समेत आउने अनुमान गर्न सकिन्छ । यसको मूल्य नेपाली बजारमा ४ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । बीएस ६ को बारेमा भने कम्पनीले आधिकारिक जानकारी दिएको छैन् ।


Back_to_top