चेरी क्यूमा २ लाख छुट, वारेन्टी ११ वर्ष

काठमाडौं । पायोनियर मोटोकर्पले चेरी क्यू नेपाली बजारमा आधिकारीक बिक्री सुरु गरेको छ । नाइमा र नाडा अटो शोमा नै बुकिङ लिएको चेरी क्यू बुकिङ गर्नेहरुलाई दिन थालिएको हो ।

कम्पनीले चेरी क्यूको टप भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसमा लन्च स्पेशल प्राइस भन्दै २ लाख रुपैयाँ छुट दिने घोषणा गरेको हो ।

मूल्यमा अफरसँगै कम्पनीले अटो प्लस इन्स्योरेन्स, ७ किलोवाटको चार्जर र ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको एक्स्टेन्डेड वारेन्टी प्रदान गरेको हो ।

चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यू अत्यन्तै प्रभावकारी रहेको छ । यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको ब्याट्रीलाई केबल १६ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, भी टु एल सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू संचालन गर्न पनि सकिन्छ ।

१८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको चेरी क्यू ५४० डिग्री सराउण्ड क्यामेरा, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, २० भन्दा बढी सुविधा भएको एडास फिचर उपलब्ध छ ।

उन्नत विद्युतीय प्लेटफर्ममा आधारित क्यू रियर ह्वील ड्राइभ सिस्टम छ । यसको आकर्षक डिजाइनसँगै फराकिलो र व्यावहारिक इन्टेरियर छ । यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ । जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ । अगाडि पनि ७५ लिटरको इलेक्ट्रीक फ्रन्ट फ्रङ्स पाउन सकिन्छ ।

चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ तथा आइएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ ।


Back_to_top