काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले विक्री गर्दै आएको एनटर्क १२५ नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको छ ।
पछिल्लो समय नेपाली बजारमा एनटर्क १२५ को चर्चा चुलिँदै गएको छ भने कम्पनीले एनटर्कको नयाँ नयाँ भर्सन सार्वजनिक गर्दै गइरहेको छ ।
जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गरेर ल्याएको स्कीम अन्तर्गत टीभीएस एनटर्क नगद छुट, एक्सचेन्ज बोनस तथा बिना ब्याजमा खरिद गर्न सकिने छ ।
कम्पनीको स्मीक अन्तर्गत एनटर्क रेगुलर मोडलमा ७ हजार रुपैयाँ र स्क्वाड भर्सनमा ५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी एक्सचेन्ज मार्फत एनटर्क खरिद गर्ने सुविधा समेत गरेको छ । कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएस एनटर्क एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सकिने छ भने स्क्वाडमा भने ५ हजार थप मूल्याङ्कन हुने कम्पनीले जनाएको छ ।
त्यसैगरि सोही स्कीम अन्र्तगत शून्य प्रतिशत ब्याजमा एनटर्क खरिद गर्न चाहाने ग्राहकले ४० प्रतिशत र ५० प्रतिशत डाउनपेमेन्ट गर्न सक्ने छन् । ४० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकले १ वर्ष भित्र बाँकी रकम बुझाउनु पर्ने हुन्छ भने, ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १८ महिना भित्र बाँकी रकम बुझाउन सक्नेछन् ।
नेपाली बजारमा एनटर्कको ड्रम, डिस्क, रेश एडिशन र सुपर स्क्वाड एडिशन उपलब्ध रहेको छ । एनटर्क ड्रम भर्सनको मूल्य २ लाख १५ हजार ९०० रुपैयाँ, डिस्कको २ लाख ४० हजार ९०० रुपैयाँ, रेस एडिशनको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ र सुपर स्क्वाड एडिशनको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ रहेको छ ।

