काठमाडौं । टीभीएसको सर्वाधिक सफल स्कुटर एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक भएको छ । भारतीय मोटरसाइकल निर्माता कम्पनी टीभीएसले एनटर्क १२५ को नयाँ भेरियन्ट ‘रेस एक्सपी’ भारतीय बजारमा सार्वजनिक गरेको हो ।

योसँगै एनटर्क १२५ अब ५ भेरियन्टमा उपलब्ध हुने भएको छ । एनटर्क १२५ ड्रम, एनटर्क १२५ डिस्क, एनटर्क १२५ रेश, एनटर्क १२५ सुपर स्क्वाड एडिशन र एनटर्क १२५ रेस एक्सपी भेरियन्टसँगै ५ भेरियन्टमा उपलब्ध रहेको छ । एनटर्क रेस एक्सपीमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ ।
टीभीएसले यसको इन्जिन पर्फमेन्समा समेत सुधार ल्याएको जनाएको छ भने, स्मार्ट कनेक्ट सिस्टमलाई थप मजबुद गरेको छ । एनटर्क १२५ पहिलो भ्वाइस असिस्ट सिस्टम उपलब्ध रहेको पहिलो स्कुटर बनेको छ । यसमा रहेको भ्वाइस असिस्टको प्रयोग गरेर नेभिगेशन, राइड मोड चेन्ज, कन्सोलको ब्राइटनेस कन्ट्रोल जस्ता १५ प्रकारका कमान्ड प्रयोग गर्न सकिने छ ।
पहिलेको तुलनामा कम तौलमा आएको रेस एक्सपी भेरियन्टमा पनि १२४.८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १०.२ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसअघि विक्री हुँदै आएका भेरियन्टले ९.३८ पीएस पावर तथा १०.५ एनकर्ट प्रदान गर्थ्यो ।
यससको मूल्य ८३ हजार २७५ भारतीय रुपैयाँ एक्स शोरुम (दिल्ली) निर्धारण गरेको छ । नेपाली बजारमा समेत लोकप्रिय रहेको टीभीएस एनटर्क अहिले ४ भेरियन्टमा उपलब्ध रहेको छ । अबको केही समय पश्चात् रेस एक्सपी भेरियन्टपनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।


